२६ सिटमा मनोनीतको तयारीमा सरकार

जेठ २६, काठमाडौ– संबिधानसभामा मनोनित गर्न वाकी २६ सटि बिहीबारसम्ममा सरकारले तयारी पुरा गर्ने तयारी गरेको छ । यद्यपी सर्वोच्च अदालतमा विचाराधिन मुद्दा नटुंगिएर गर्ने की पछि गर्ने भन्ने विषयमा भने  वारेका अहिले अन्यौल कायम नै छ । गत मंसिर चार गते भएको संविधानसभाको निर्वाचबाट ५ सय ७१ सदस्य निर्वाचित गरेपनि ६ सय १ सदस्यीय संविधानसभा अझै पुर्ण भइसकेको छैन । सर्वोच्च आदतले दलित जनजाति पार्टीका सभासद विश्वेन्द्र पासवानले दायर गरेको रिटमा सुनुवाई गर्दै १५ दिन भित्र मनोनित गर्न निर्देशन दिएको थियो ।
अदालतले संविधानसभाको निर्वाचनमा पराजित भएका र समानुपातिकको सूचीमा परेका बाहेकलाई मनोनित गर्न आदेश दिएपछि अहिले पार्टीका नेताहरुलाई टाउको दुखाईको विषयमा भएको छ ।