आईपिएलमा राजस्थान रोयल्स पराजित

जेठ १२, काठमाडौ–राजस्थान रोयल्सलाई पराजित गर्दै मुम्बई इन्डियन्सले ईन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको प्लेअफमा स्थान सुरक्षित गरेको छ । गएराती भएको खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दे मुम्वईले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरै ओभर खेलेर ४ विकेट गुमाउादै १ सय ८९ रन बनाएको थियो । नेट रनरेटका आधारमा प्लेअफमा पुग्न मुम्बईलाई १४ दशमलब ३ ओभरमा लक्ष्य हासिल गर्नुपर्ने थियो । तर मुम्बईले १४ दशमलब ३ ओभरमा १ सय ८९ रन बनाउादा विकेट गुमायो । म्याच अम्पायरले अर्को बलमा ४ रन जोड्न सके मुम्बईले प्लेअफमा स्थान सुरक्षित गर्ने निर्णय गरेपछि ब्याटिङ गर्न आएका मुम्बईका आदित्य तारेले जेम्स फकनरको बलमा छक्का प्रहार गरेर टिमलाई प्लेअफमा पुराउन सफल भए । मुम्बईले प्लेअफमा चेन्नई सुपर किंग्ससंग प्रतिस्पर्धा गर्नेछ ।