कक्षा ११ को परीक्षा आजवाट सकिदै

जेठ १२, काठमाडौ–उच्च माध्यमिक शिक्षा परिषद् अन्तर्गत कक्षा ११ को परीक्षा आजवाट समापन हुदैछ । आजसम्मको परिक्षा देशभर नै शान्तिपूर्ण रूपमा सम्पन्न भएको परिषद्का परीक्षा नियन्त्रक दुर्गा अर्यालले जानकारी दिनुभयो । परीक्षामा देशभरबाट कुल तीन लाख ८३ हजार ४०३ परीक्षार्थी सहभागी भएको उहाले जानकारी दिनुभयो ।
देशभर रहेका तीन हजार ५९६ उच्च माध्यमिक विद्यालयबाट परीक्षार्थी सहभागी भएका छन् । परिषद्ले परीक्षाका लागि देशभर ९४६ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षाका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मी, कर्मचारी, पर्यवेक्षक र कार्यालय सहयोगी गरी कुल २८ हजार ९७८ जना जनशक्ति परिचालन गरिएको अर्यालले बताउनुभयो ।