एमाओवादी स्थायी समितिमा पराजित भए उर्मिला र रामचन्द्र

जेठ १२,काठमाडौ– स्थायी समिति सदस्य चयनका लागि एकीकृत माओवादीमा भएको आन्तरिक मतदानको परिणाम प्रकाशित भएकोछ । चुनावमा होमिएका पूर्व स्थायी समिति दिनानाथ शर्मा, लिलामणी पौडेल र रामचन्द्र झा पराजित भएका छन् ।
आईतबार सम्पन्न चुनावबाट पोलिट्व्युरो चयन भएकी उर्मिला अर्याल पनि स्थायी समिति सदस्यमा पराजित भएकी छन् । चुनावमा पोष्टबहादुर बोगटीले सबैभन्दा बढी १ सय ३ मत प्राप्त गरेका छन् । नेता डा. बाबुराम भट्टराईले ९९ मत प्राप्त गरेका छन ।
त्यसैगरी नारायणकाजी श्रेष्ठले ८६, कृष्णबहादुर महराले ९०, टोपबहादुर रायमाझीले ७०, गिरिराजमणी पोखरेलले ७८ मत प्राप्त गरेका छन् । हरिबोल गजुरेलले ८८, अग्नी सापकोटाले ८३, शक्ति बस्नेतले ८२ र जनार्दन शर्माले ९२ मत ल्याएर स्थायी कमिटीको सदस्यमा विजयी भएका छन् । त्यस्तै नन्दकिशोर पुनले ६७, देवेन्द्र पौडेलले ७२, चक्रपाण्ी खनालले ६६ र गोपाल किरातीले ६२, बर्षमान पुनले ९४, लोकेन्द्र विष्टले ७५ मत प्राप्त गरेका छन् । ती मध्ये ११ जना अध्यक्ष दाहाल पक्षका रहेका छन भने भट्राई पक्षका तीन र नारायणकाजी श्रेष्ठ पक्षका दुईजना रहेका छन् ।