‘पूर्वाधार बनाए १२० मेगावाट थप्छौं’

असार १४, काठमाडौं –
भारतले नेपाललाई हिउँदयाममा लोडसेडिङ कम गर्न ढल्केबर–मजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट थप १ सय २० मेगावाट बिजुली दिने भएको छ।

हाल नेपालले उक्त अन्तरदेशीय लाइनबाट ८० मेगावाट आयात गरिरहेको छ। बिजुली आयात गर्ने, विद्युत व्यापार सम्झौता कार्यान्वयनका लागि आवश्यक संयन्त्र बनाउने तथा अन्तरदेशीय प्रशारण लाइन निर्माणलाई तीब्रता दिनेलगायत विषयमा छलफल गर्न दिल्लीमा आइतबार सुरु नेपाल भारत ऊर्जासहितस्तरीय बैठकमा भारतीय पक्षले थप बिजुली दिने बताएको हो।

सहभागी नेपाली अधिकारीका अनुरार भारतीय अधिकारीले हालको ८० मेगावाटलाई बढाएर २ सय मेगावाट बिजुली दिन तयार रहृेको बताएका हुन्। ‘नेपालले जति बिजुली रिसिभ गर्ने क्षमता अभिबृद्धि गर्छ त्यति नै दिन तयार छौं,’ बैठकमा सहभागी एक अधिकारीले भने,‘छिटो पूर्वाधार निर्माण गर्ने चुनौती हाम्रो सामु देखियो।’

नेपाली प्रमण्डलका सदस्य विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेले आगामी डिसेम्बरसम्म सबस्टेसन क्षमता विस्तार सम्पन्न गर्ने तयारी रहेको बताए।