गाविस सचिवमा अधिकृत खटाइँदै

असार १४, काठमाडौं –सरकारले लामो समयपछि भूकम्पबाट प्रभावित १४ जिल्लामा गाविस सचिवका रुपमा काम गर्न ५८ जना अधिकृत खटाएको छ।

गाविस सचिवको अभावमा पुनर्निर्माण कार्य तीब्र गतिले अघि नबढेको अवस्थालाई मध्यनजर गर्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले एकैपटक ५८ अधिकृतहरु खटाएको हो।

अहिले भूकम्प प्रभावित जिल्लाहरुमा गाविस सचिवको अभावमा पुनर्निर्माण र अनुदान सम्झौताको काममा ढिलाइ भइरहेको छ। यस अवस्थालाई मध्यनगर गर्दै लामो गृहकार्यपछि उनीहरुलाई ३ महिनासम्म गाविस सचिव रहेर काम गर्ने गरी कामजमा खटाइएको मन्त्रालयका प्रवक्ता पूर्णचन्दै भट्टराईले जानकारी दिए।

गाविस सचिवका लागि लोकसेवा आयोगले लिएको परुीक्षाको नतिजा आएलगत्तै ५८ जना अधिकृतहरुलाई फिर्ता गर्ने मन्त्रालयले तयारी गरिरहेको छ। भूकम्पबाट प्रभावित जिल्लाका ८२ वटा गाविसहरु सचिवविहीन छन्।