चिनिया नागरिक घोरल सहित पक्राउ

जेठ ७,रसुवा– रसुवा स्थित लाङटाङ राष्ट्रिय निकुञ्जमा वन्यजन्तु मारेको अभियोमा चिनिया नागरिकलाई रसुवा प्रहरीले नियन्त्रण्मा लिएको छ ।

एक साता अघि घोरलको मासुसहित पक्राउ परेका एक चिनिया नागरिकलाई जिल्ला वन कार्यालय रसुवाले थुनामा राखी अनुसन्धान अगाडि बढाएको हो । जिल्ला वन कार्यालयका अनुसार रसुवाको उत्तरी भेगमा रहेको थुमन गाउ विकास समिति स्थित दाहालफेदी सामुदायिक वनबाट गएको वैशाख २५ गते घोरल मारी छाला निकालेको अवस्थामा मासुसहित अभियुक्त याङ त चलाई नियन्त्रणमा लिएर थुनामा राखी थप अनुसन्धान सुरु गरिएको हो । लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेना नारायणदल गणको टिमुरे चौकीले घटनास्थलबाटै उनलाई पक्राउ गरी जिल्ला वन कार्यालयमा बुझाएको हो । घटना पुष्टि भएमा १० हजार रुपैया जरिवाना र दुई वर्ष कैद वा दुवै सजाय हुन सक्ने जिल्ला वन कार्यालय रसुवाले जनाएको छ ।