जेठ ७, काठमाडौं – राप्रपाका एक महामन्त्रीसहित सात जना केन्द्रीय सदस्यले अध्यक्ष सूर्यबहादुर थापाले दिएको जिम्मेवारी लिन अस्वीकार गरेका छन् । महामन्त्री विक्रम पाण्डेसहितका केन्द्रीय सदस्यहरु जयन्त चन्द, गोविन्दविक्रम शाह, जगत गौचन, प्रेमबहादुर भण्डारी, गुरुप्रसाद रजौरिया र दुर्गा श्रेष्ठले थापाले दिएको जिम्मेवारी अस्वीकार गरेका हुन् । गत जेठ २ गते अध्यक्ष थापाले महामन्त्री पाण्डेलाई स्थानीय निकायको निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी दिएका थिए भने केन्द्रीय सदस्य चन्दलाई बुद्धिजिवी संगठन, शाहलाई सामाजिक विभाग, गौचनलाई युवा तथा खेलकुद, भण्डारीलाई स्थानिय निकाय, रजौरियालाई आर्थिक विभाग र श्रेष्ठलाई कार्यदल सदस्यको जिम्मेवारी दिएका थिए । अध्यक्ष थापाले एकलौटी ढंगले आफूहरुलाई नियुक्त गरेकाले जिम्मेवारी अस्वीकार गरेको उनीहरुले बताएका छन् अध्यक्ष थापाले उनीहरु सहितका ४२ जनालाई विभिन्न संगठनको जिम्मेवारी दिएका थिए ।
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।
वैज्ञानिक सोच भएका कम्युनिष्टहरू एक हुनैपर्छः माओवादी अध्यक्ष प्रचण्ड

असार ३०, काठमाडौं – नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभएको छ