जेठ ८, काठमाडौ–संविधानसभाको संविधान मस्यौदा समितिले नया संविधानको मस्यौदा गर्ने काम आजदेखी सुरु गर्दैछ । संसद सचिवालय सिंहदरवारमा आज बस्ने बैठकमा मस्यौदा लेखनको काम सुरु हुने समितिका एक सदस्यले जानकारी दिए । संविधानसभाले तत्कालिन राष्टिय हितको संरक्षण समिति र प्राकृतिक स्रोत आर्थिक अधिकार र राजश्व बाडफाड समितिको प्रतिवेदनमा भएका सहमतिको निक्यौल सम्बन्धी प्रतिवेदन पठाएपछि मस्यौदा समिति कामकाजी भएको हो । संवैधानिक, राजनीतिक संवाद समितिको बैठकपनि आजै बस्दैछ । संविधानसभाले तत्कालिन राष्टिय हितको संरक्षण समितिमा रहेका असहमति निक्यौल सम्बन्धी प्रतिवेदन पठाएका कारण संवाद समितिले औपचारिक काम पाएको छ । सहमति भएका बिषय निक्यौल गरी मस्यौदा समितिमा पठाउने तथा सहमति जुटन नसकेका बिषय संवाद समितिमा पठाउने नियमावलीमा व्यबस्था छ । अैपचारिक विजनेश नपाएका कारण मस्यौदा समितिले संविधान मस्यौदाको बिषयमा विज्ञहरुसंग परामर्श गरेको थियो ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
