साँझ म्याजिक भ्यान खोलामा खस्दा बाह्रजना घाइते

राजविराज, १ असार । राजविराज–भारदह सडकखण्डअन्तर्गत सप्तरीको बभन्नगामाकटी–२ मा आज साँझ म्याजिक भ्यान पल्टिँदा बाह्रजना यात्रु घाइते भएका छन् ।

भारदहबाट राजविराजतर्फ आउँदै गरेको स १ ज ३८४ नम्बरको म्याजिक भ्यान अनियन्त्रित भइ खोलामा खस्दा भ्यानमा सवार बाह्र यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।

घाइते सबैको उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।