अहिलेको बजेट विकासमुखी छ – प्रधानमन्त्री

काठमाडौँ, १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आव २०७३÷७४ को बजेट वितरणमुखी नभई विकासमुखी बताउनुभएको छ ।

विश्व ज्येष्ठ नागरिक दुव्र्यवहारविरूद्धको दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठान र नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीद्वारा यहाँ आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ज्येष्ठ नागरिकलाई दुई हजार रुपैयाँ भत्ता दिँदैमा राज्यको ढुकुटी नरित्तिने बताउनुभयो ।

“सरकारले प्रस्तुत गरेको बजेट विकासमुखी भएका कारण पनि किसान, मजदुर, ज्येष्ठ नागरिकलगायत देशैभरबाट खुसी व्यक्त गरिएको छ” – प्रधानमन्त्री ओलीले भन्नुभयो ।

“ज्येष्ठ नागरिकलाई एउटा खादा ओढाएर वा माला लगाइदिएर मात्र सम्मान हुँदैन, उनीहरू बाँच्नुपर्छ, त्यसैले सरकारले उनीहरूले पाउँदै आएको वृद्धाभत्तालाई दोब्बर बनाएको हो”–उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले मुलुकलाई विकास गरेर यो अवस्थासम्म ल्याइपु¥याउन ज्येष्ठ नागरिकको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटबारे तर्कहीन टिप्पणीभन्दा पनि ठोस सुझाव दिन अपिल गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष भरतमोहन अधिकारीले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्छ भन्ने जनचेतना अबका नयाँ पिँढीमा फैलाउनुपर्छ भन्नुभयो ।

राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीले अब प्रत्येक जिल्लालाई ज्येष्ठ नागरिक दुव्र्यवहारमुक्त जिल्ला घोषणा गर्नुपर्न माग गर्नुभयो ।

नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् भवन नजिकै धर्ना बस्दै आउनुभएकी शान्ता भट्टराईले धर्ना बसेको लामो समयपछि मात्रै वर्तमान सरकारले आफूहरूको केही माग मात्र पूरा गरेको बताउनुभयो ।

कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । विसं २०६८ को जनगणनाअनुसार मुलुकमा ज्येष्ठ नागरिकको सङ्ख्या करिब २२ लाख रहेको छ । रा