वर्षासँगै परेको चट्याङले चार शिक्षकसहित सात घाइते

खोटाङ, १ असार । अविरल वर्षासँगै परेको चट्याङले खोटाङमा सातजना घाइते भएका छन् ।

दिक्तेल नगरपालिका–९ स्थित मेरीगोल्ड बोर्डिङ स्कूलमा आज दिउँसो परेको चट्याङले चार शिक्षकसहित सात जना घाइते भएका हुन् ।

विद्यालय समयमा परेको चट्याङले शिक्षक याम्खा–८ का २० वर्षीय सविन कार्की, दिक्तेल नगरपालिका–९ की ३२ वर्षीया अप्सरा थापा, सोहिस्थानका ३३ वर्षीया देवी थापा र २६ वर्षीया मीना पाण्डे घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिनुभयो ।

चट्याङबाट स्कूलमा अध्ययनरत नगरपालिका–९ का १० वर्षीय एलिसा थापा र तीन वर्षीय गौरव थापा तथा सोही स्थानका अभिभावक ३१ वर्षीय चन्द्र थापा घाइते भएका छन् ।

घाइते सबैलाई स्थानीयले उद्धार गरेर उपचारका लागि जिल्ला अस्पतालमा पु¥याएका छन् । घाइतेमध्ये गौरवको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ ।

वर्षा भइरहेको समयमा दिउँसो करिब ४ बजेतिर विद्यालयमा चट्याङ परेको स्थानीयले बताएका छन् ।