सन्तान नभएपछि बुहारीको हत्या

जेठ ३, राजविराज– सन्तान नजिन्मिएको भन्दै बुहारीको हत्या गर्ने सप्तरी बरही वीरपुर १ का ५४ वर्षीय वीरेन्द्र यादवलाई  प्रहरीले चार वर्षपछि पक्राउ गरेको छ।

३ वर्षसम्म पनि सन्तान नजन्मिएको भन्दै घरपरिवारका सदस्यले २१ वर्षीया रम्भादेवी यादवको २०६९ असार ४ गते हत्या गरेका थिए । हत्यापछी परिवारका सदस्य फरार भएका थिए।

मृतकका पिता बोरिया गाविस ८ का श्यामसुन्दर यादवले रम्भादेवीका ससुरा वीरेन्द्रसहित पति सन्तोष, सासु अरुहुलियादेवी तथा नन्दहरु रन्जुदेवी र मन्जुदेवीविरुद्ध कर्तब्य ज्यान मुद्दा दार्ता गरेका थिए ।