सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस अस्तव्यस्त

जेठ ३, काठमाडौं–  पार्टी सञ्चालदेखि सदनमा प्रमुख प्रतिपक्षको भूमिकामा नेतृत्व चुकेको भन्दै पार्टीभित्र असन्तुष्टि बढ्दै गएपछि सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस अस्तव्यस्त देखिएको छ ।

पार्टी सभापति रहेका शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर केही केन्द्रीय सदस्यले सामाजिक सञ्जालमै असन्तुष्टि व्यक्त गर्न थालेका छन्।

सभापति देउवा संस्थागत निर्णय नगरी केही सल्लाहकारको भरमा चलेका कारण उनको भनाइ विवादित बनेको कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले बताए।

सरकार परिवर्तनका लािग गरेको प्रयास असफल हुनु, फास्ट ट्र्याकको विषयमा संसदमा बोलेको कुराको आलोचना हुन त्यसकै कारण हो । यसबाट पाठ सिकेर संस्थागत निर्णयबाट अघि बढ्नुभयो भने उहाँलाई सुदृढ बनाउने गुरुङले बताए । देउवाले संसदमा नीति तथा कार्यक्रममको छलफलमा स्वदेशी लगानीमा फस्ट ट्याक बन्न नसक्ने बताएपछि देउवा आलोचित बनेका थिए।