शैक्षिक वर्षको सुरुवातसँगै जुहारी सुरु

बैशाख ७, भक्तपुर–नयाँ शैक्षिक वर्षको सुरुवातसँगै सरोकारवालाबीच समन्वय हुन नसक्दा जुहारी चलेको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कारमा अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले सरकार र निजी विद्यालयको मिलेमतोमा आर्थिक लुट मच्चाएको आरोप लगाए । उनले सरकारले निर्देशिका लागू गरेको जस्तो गर्ने र निजी विद्यालयले त्यसलाई लागू नगर्ने काम हँुदा दुबिधा श्रृजना भएको बताए ।
एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले सरकारले जारी गरेको निर्देशिका नियमवाली बिपरित रहेको भन्दै एक प्रतिशत निजी विद्यालयको गल्तीलाई हेर्दै ९९ प्रतिशत विद्यालयलाई समेत मुछेर गर्ने निर्णय गलत भएको बताए । उनले निजी विद्यालयले जथाभाबी रुपमा शुल्क लिने गरेको भनाई गलत भएको र निजी विद्यालयलाई आरोप लाउने काम मात्र भएको टिप्पणी गरे ।
प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले नयाँ शैक्षिक सत्रसँगै शुल्क निर्धारणको बिषयले जोड पाउने तर सदैव दुबिधा श्रृजना गर्ने भएकाले बैज्ञानिक पद्धतीलाई अवलम्वन गर्नुपर्नेमा जोड दिए । उनले भुकम्प पश्चात सरकारले निजी विद्यालयका भवन निमार्णमा कुनै किसिमको सहयोगी भूमिका खेल्न नसकेको र निजी विद्यालय बन्द गराउने तर्फ अग्रसर बनेको आरोप लगाए ।