देउवा र भारतीय विदेशमन्त्रीबीच भेट

वैशाख ९, काठमाडौं– श्रीमतीको उपचारका लागि भारतको राजधानी दिल्ली पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय विदेश मन्त्री स्वराजबीच बिहिबार भेटवार्ता भएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले देउवालाई नेपालबाट आएका महत्वपूर्ण पाहुना भएको उल्लेख गर्दै दुई नेताबीच भेट भएको ट्वीटरबाट सार्वजनिक गरेका छन्।  भेटमा उनीहरूबीच के के विषयमा कुराकानी भयो भन्ने स्वरूपले खुलाएका छैनन्।

श्रीमती आरजु देउवा राणाको उपचारका लागि देउवा वैशाख ६ गते नयाँ दिल्ली प्रस्थान गरेका थिए।