आत्महत्या गरेकी ‘बालिका बधु’ अभिनेत्री प्रत्युषाको जीवनीमा फिल्म बन्दै

 
मुम्बई– १९ दिनअघि आत्महत्या गरेकी भारतीय टेलिभिजन अभिनेत्री प्रत्युषा बनर्जीमाथि फिल्म बन्ने भएको छ।

‘हर पल हे यहाँ धोखा’ नाम राखिएको फिल्ममा तनिषा सिंहले प्रत्युषाको भूमिका निभाउनेछिन। तनिषा मोडल तथा अभिनेत्री हुन्। उनले  दक्षिण भारतीय तथा बलिउड फिल्ममा समेत अभिनय गरिसकेकी छिन्।

मुकेश नारायण अग्रवालले निर्देशन गर्ने फिल्ममा प्रत्युषाका प्रेमीको भूमिका श्रवण राघवले निभाउनेछन्।