एमाओवादी शिर्ष नेता वीच बैठक हुदै

जेठ १, काठमाडौ–एकीकृत नेकपा माओवादीमा देखिएको विवाद र केन्द्रीय समिति बैठक बोलाउने विषयमा प्रमुख नेताहरुबीच आज छलफल हुादैछ । केहीबेरमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवासमा हुने छलफलमा दाहाल, नेता बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटीको सहभागिता रहने जनाइएको छ ।

बैठकमा आफूहरुले अघि सारेका मागको सम्बोधन नभए नयाा शक्तिको कुरा उठाइरहने तर पार्टी फुटाउने अवस्था नहुने बाबुराम भट्टराईको भनाइ छ । अध्यक्ष दाहालसाग सहमति नभए भोलिदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा भट्टराई पक्ष सहभागी नहुने अडानमा छ । तर, दाहाल पक्षले भट्टराई सहमत नभए बैठक केही दिन
सार्ने मनस्थितिमा रहेको स्रोतले बतायो ।