संविधानसभाको उप निर्वाचनकालागि निर्वाचन कार्यालय स्थापना गरिने

जेठ १, काठमाडौ–असार ८ गते हुने संविधानसभाको उप निर्वाचनकालागि आज निर्वाचन कार्यालय स्थापना गरिने भएको छ ।
निर्वाचन हुने ४ वटा क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गर्न लागेको आयोगले जनाएको हो ।
मुख्य निर्वाचन अधिकृत भने सम्बन्धित जिल्लाका वरिष्ठ न्यायाधीहरुलाई तोकिएको छ । उनीहरुलाई अभिमुखीकरण तालिम दिइसकेकाले कार्यालय स्थपना गर्न लागिएको आयोगले जनाएको छ । अब आवश्यक बुथकालागि मतदान अधिकृत तोक्ने काम बााकी रहेको छ भने अहिले मतदाता शिक्षा कार्यक्रम पनि जारी छ ।

काहा हुदैछ उप निर्वाचन ?
गत मंसिर ४ गते भएको संविधानसभाको निर्वाचनमा दुई ठाउाबाट निर्वाचित उम्मेदवारले एक स्थान छाडेपछि असार ८ गते उप निर्वाचन हुन लागेको हो । जस अनुसार काठमाडौं क्षेत्र नम्बर २, चितवन क्षेत्रनम्बर ४, बर्दिया २ र कैलाली ६ मा उप निर्वाचन हुने छ ।