देउवा प्यानलको बर्चस्व

चैत २, काठमाडौं– कांग्रेस केन्द्रीय समितितमा सभापति शेरवहादुर देउवा प्यानलको बर्चस्व भएको छ।

८५ सदस्यीय केन्द्रीय कार्यसमिति मध्ये सोमबार सम्पन्न मत परिणामले पदाधिकारी सहित निर्वाचित ६४ सदस्यमा सभापतिसहित ३६ देउवा पक्षका निर्वाचित भएका छन् । महामन्त्री, कोषाध्यक्ष सहित २८ सदस्य पौडेल प्यानलबाट निर्वाचित भएका छन् ।

निर्वाचित संख्यामा नै बहुमत पुगेपछि सभापति देउवालाई पार्टी संचालनमा सहज हुने देखिएको छ । पार्टीको विधानअनुसार देउवाले २१ केन्द्रीय सदस्य मनोनयन गर्न पाउने छन् ।( कान्तिपुर दैनिकबाट)