वागेहिणी माविको स्वर्णजयन्ती

चैत १, भक्तपुर– बागेहिणी माध्यामिक विद्यालय नगरकोट –११, भक्तपुरको स्थापनाको ५० बर्ष पुगेको उपलक्ष्यमा स्वर्णजयन्ती समारोह सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं भक्तपुर क्षेत्र नं. १ का सांसद नारायणमान विजुक्छेले ग्रामीण क्षेत्रमा रहेर पनि बागेहिणीेले स्तरीय काम गरेको बताउनँदै  सामुदायिक विद्यालय बन्द हुँदै जानुमा सरकारी नीति दोषी रहेको जनाए ।
अहिलेको प्रजातन्त्र भनेको शिक्षा क्षेत्रमा ठेक्कातन्त्र भन्दा फरक नपर्ने धारणा व्यक्त गर्दै उनले भने पूँजीवादी व्यवस्थामा यस्ता गतिविधि सामान्य हुन्छ ।

स्थानीय विकास अधिकारी धुर्वप्रसाद कोइरालाले शिक्षामा सुधार गर्न शिक्षक, अभिभावक र विद्यार्थीको उत्तिकै भूमिका हुने बताए ।
जिल्ला शिक्षा अधिकारी दिनेश श्रेष्ठले सामुदायिक विद्यालय भन्दा संस्थागत विद्यालयमा विद्यार्थी झण्डै दोव्वर भएको उदाहरण दिँदै अव परिवर्तित भएर अघि बढ्नुु पर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा विद्यालयका संस्थापक, व्यवस्थापन समितिका पूर्वअध्यक्षहरु, पूर्वप्रधानाध्यापकहरु पूर्वशिक्षकहरु तथा सहयोगी, दाताहरुलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो ।