महिलालाई बन्धक बनाएर यातना

चैत २, बेलबारी – कांग्रेस महाधिवेशनमा नगएको विषयलाई लिएर मोरङको डाँगीहाट ९ की एक युवतीलाई अपहरण गरी २ दिनसम्म बन्धक बनाएर यातना दिएको खुल्न आएको छ।

डाँगीहाट की २३ वर्षीया नरमाया विष्टले अपहरण मुक्त हुन ५० हजार रुपैयाँ फिरौतीसमेत बुझाउनु परेको प्रहरीले जनाएको छ । कांग्रेस महाधिवेशनमा जाने भनेर हिँडेपछि बिष्टलाई बीचबाटोमै छाडेर धोका दिएको भन्दै धनकुटा भेडेटार ४ स्थित ग्रिन हेवन होटलकी संचालिका रीता भनिने खिमकुमारी लिम्बुले भाडाका गुन्डा प्रयोग गरेर अपहरण गर्दै बन्धक भनाएर यातना दिन लगाएकी हुन्।

खिमकुमारी कांग्रेस धनकुटा क्षेत्र नम्बर १ का पूर्वसभापति स्वर्गीय गोबिन्द कार्कीकी पत्नी हुन् ।(अन्नपूर्ण पोस्ट दैनिकबाट)