अपराधी खोजिदिन अदातलको आग्रह

फागुन ९, सुर्खेत– विभिन्न मुद्दामा दोषी ठहर भएपनि पक्राउ नपरेका अपराधी खोजी गरिदिन जिल्ला अदालत सुर्खेतले सार्वजनिक आग्रह गरेको छ ।

मुद्दाको फैसला भएर कैद तथा जरिवानाको सजाय पाएका अधिकांश अपराधि फरार रहेको भन्दै अदालतले उनीहरुको खोजी गरी अदालतमा बुझाइदिन आग्रह गरेको हो।

मुद्दाको फैसला भएका अपराधीबाट ठूलो मात्रामा कैल र जरिवाना असुल्न बाँकी रहेको भन्दै जिल्ला अदालतले फरार रहेका अपराधीलाई अब आफैँले समात्ने जनाएको छ । जिल्ला न्यायाधीश कैलाश सुवेदीले सजाय पाएका अपराधीलाई अव आफूहरुले नै पक्राउ गर्ने बताए ।

जिल्ला अदालतका अनुसार अहिले पनि मुद्दाको फैसला भएका तर फरार रहेको अपराधीबाट एक हजार दुई सय ९२ वर्ष १० महिना कैद सजाय असुल्न बाँकी छ ।(अन्नपूर्ण पोष्ट दैनिकबाट)