बेलायतलाई ईयूमै राख्ने प्याकेज सहमति

फागुन ९, एजेन्सी– युरोपेली नेताहरु २८  मुलुक सदस्य रहेको युरोपेली युनियन ९ईयू० मा बेलायतलाई राखिराख्ने उद्देश्यका साथ  प्याकेज सहमतिमा सर्वसम्मत भएका छन् ।
ब्रसेल्समा ईयूको विस्तारित बैठकपछि युरोपेली काउन्सिलका अध्यक्ष डोनल्ड टुस्कले सर्वसम्मति जुटेको घोषणा गरे ।

घोषणाको केही समयपछि पत्रकार सम्मेलनमा बेलायती प्रधानमन्त्री डेबिड क्यामरनले प्रस्तावित जनमत संग्रहमा अब बेलायती जनतालेले बेलायत ईयूमै रहिरहने पक्षमा मतदान गर्नुपर्ने बताए  उनले उक्त सहमतिले आफ्नो देशलाई विशेष हैसियत दिएको भन्दै ईयूमा एकताबद्ध रहन आफू मन मस्तिष्कबाटै लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।(कान्तिपुर दैनिकबाट)