अखिल (क्रान्तिकारी) हुम्ला–काठमाडौ सम्पर्क मञ्चको गठन

फागुन ९, काठमाडौं–विप्लव नेतृत्व नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) को हुम्ला–काठमाडौँ सम्पर्क मञ्चको गठन भएको छ ।
संवाद डबलीमा एक भेलाको आयोजना गरी कैलाश कार्कीको नेतृत्वमा २१ सदस्यीय समिति चयन गरिएको छ ।
भेलालाई सो सङ्गठनका केन्द्रीय महासचिव दीपेन्द्र चलाउनेले सम्बोधन गर्दै हरेक हिसाबले पछाडी परेको कर्णाली अञ्चलको हुम्ला जिल्लाका विद्यार्थीहरु आफ्नो अधिकारकालागी राजधानीमा पनि संगठीत भएकोप्रति खुशि व्यक्त गरे ।
उनले विगतमा पनि हुम्ला जिल्लाले विद्यार्थी आन्दोलनमा ठूलो सघाउ पुराउदै आएको र आगामी समयमा पनि नयाँ पष्ता तत्पर रहनु सुखद सम्भावना रहेको बताए ।
कार्यक्रममा सो संगठनका केन्द्रीय सचिवालय सदस्य छवि थापाले हुम्लि विद्यार्थीहरु  हकहितका निम्ति संघर्ष र आन्दोलनमा डट्दै आइरहेको र आगमी समयमा पनि लडिरहने आशा व्यक्त गरे ।
सो नयाँ कार्यसमितिमा मिलन बुढा उपाध्यक्ष, सचिवमा प्रेम बुढा, सह–सचिवमा शिवराज बुढा र कोशाध्यक्षमा लुना थापा चुनिएका छन् ।