भूकम्पपीडितको नाममा मनोमानी

पुस २८, सिन्धुली – सरकारले भूकम्पपीडितलाई न्यानो कपडाका लागि वितरण गरेको १० हजार रुपैयाँ जिल्लाको अमले र बस्तीपुर गाविसका सचिव र राजनीतिक दलका नेताहरुले गाविसभरिका घरधुरीलाई दामासाहीमा बाँडेकाख छन् । इन्जिनियर र प्राविधिकले संकलन गरेको क्षति विवरणबमोजिम पीडितलाई राहत नदिई सबै घरधुरीलाई भागबन्डा गरिएको स्थानीयले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयले अमलेका पूर्ण क्षति बेहोरेका ३३३ घरधुरीलाई १० हजार रुपैयाँका दरले वितरण गर्न ३३ लाख ३० हजार रकम निकासा दिएको थियो त्यो रकम अमलेका ४४२ घरधुरीलाई ७ हजार पाँच सय रुपैयाँका दरले बाँडिएको छ ।(कारोबार दैनिकबाट)