यस्तो छ संविधान संशोधनको प्रक्रिया

पुस २१, काठमाडौँ–संशोधनको निर्धारित प्रक्रियाअनुसार ७२ घन्टाभित्र संशोधन प्रस्तावले छोएका धारामा केन्द्रित भएर संशोधन हाल्नुपर्नेछ । सांसदले हालेको संशोधन प्रस्ताव एकीकृत गरेर सचिवालयले संसद्मा प्रस्तुत गर्नेछ । संशोधन प्रस्तावको संख्या धेरै भए तिनको अध्ययन र आवश्यक छलफल गर्न सभामुखले विशेष समिति गठन गर्ने सक्ने प्रावधान छ । थोरै संख्यामा संशोधन प्रस्ताव दर्ता भए संसद् बैठकमै दफावार छलफल गरी पारित गर्ने प्रावधान छ ।

संविधान संशोधन प्रस्ताव पारित गर्न दुईतिहाइ मत आवश्यक पर्छ । संशोधन प्रस्ताव कांग्रेस नेतृत्वको सरकारले दर्ता गरेको हो भने अहिलेको सरकारले अघि बढाएको हो । पारित गर्न दुईतिहाइ मत सहजै जुट्नेछ ।