गाउँमा मलामी पाइनै छाडियो

पुस २१, बाजुरा – बाजुरा साप्पाटा ७ बामनथानका ६० वर्षका सर्प न्यौपानेको एक साताअघि चिसोका कारण मृत्यु भयो । मलामी जाने मान्छे खोज्न गाउँभरि डुल्दा पनि मुस्किलले केही पुरुष भेटिए । तर, अधिकांश अशक्त र बुढा मात्रै थिए ।

‘गाउँमा जिउँदाको जन्ती र मर्दाको मलामीसमेत पाइन छाड्यो,’ वाई २ का लालबहादुर शाहीले भने । एक वर्षसम्म नियमित खडेरी परेपछि कामका लागि अधिकांश पुरुष भारत गएकाले आजभोली गाउँमा मलामीसम्म पाउन छाडिएको शाहीले बताए ।

केही साताअघि गाउँमा खाद्यान्न सकिएपछि साप्पटा गाविकास फ्यालगाउँबाट सयभन्दा बढी युवा एकै दिन भारत गएका थिए । गाउँबाट हिजोआज पनि हरेक दिन १०र१५ जना भारत गइरहेका छन् । (आजको राजधानी दैनिकबाट)