निर्धन उत्थान बैंक साढे चार करोड नाफामा

पुस १२, काठमाडौँ ।
निर्धन उत्थान बैंक लिमिटेडले गत आर्थिक बर्षमा चार करोड चालीस लाख नगद लाभांश कमाएको छ ।

संचालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको गत असार मसान्तसम्मको चुक्ता पूँजी तेत्तीस करोड साठी लाख रहेको छ ।

त्यसैगरी बैंकको अधिकृत पूँजी रु. ५० करोड बृद्धि गरी रु. १ सय करोड पु¥याउने विशेष प्रस्ताव पनि साधारणसभाले पारित गरेको बैठकको संचालक समिति सदस्य अच्युत जोशीले जानकारी दिए ।

बैंकको चुक्ता पुँजीअनुसार १६ करोड बोनश शेयर जारी गर्ने, बैंकको प्रबन्धपत्रमा संशोधनका लागि संचालक समितिलाई अख्तियारी दिनेलगायतका प्रस्ताव पनि सर्वसम्मत पारित भएको जोशीले बताए ।

साधारण सभामा बैंकका अध्यक्ष थापाले चालु आर्थिक वर्षमा बैंकको नीति तथा कार्यक्रम र बजेट तर्जूमा गर्दा संस्थागत वृद्धिलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्न कार्यक्रमको गुणस्तर सुधारमा केन्द्रित भई क्षमता अभिवृद्धि र सञ्चालन प्रणालीमा समय सापेक्ष सुधार तथा सुदृढीकरण गर्दै कार्यक्रम विस्तार गर्ने एक सुत्रीय लक्ष्य लिएको बताए ।

ग्रामीण क्षेत्रका गरीब परिवारका महिलाको आर्थिक, सामाजिक विकासको लागि बिना धितो सामुहिक दायित्वमा कर्जा लगानी गर्दै आईरहेको बैठकले चालू आर्थिक बर्षमा २ लाख ७३ हजार ग्राहकसमक्ष सेवा पु¥याउने योजना बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तले जानकारी दिए ।