एमाओवादीको वन्द सत्र जारी

वैशाख २१, विराटनगर–नेकपा एमाओवादीको विराटनगरमा जारी राष्ट्रिय सम्मेलनमा आज तेश्रो दिन पनि समुहगत रुपमा छलफल हुने भएको छ । अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि हिजो देखि समुहगत रुपमा छलफल भईरहेको छ । अध्यक्ष दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमा पार्टीका नेताहरुको वैचारिक विचलन, सांगठनिक संरचना र कार्यशैलीका कारण पार्टी न हाास न कौवाको चालजस्तो अवस्थामा रहेको टिप्पणी गर्नुभएको छ । अध्यक्ष दाहालको प्रतिवदेनमाथि नेताद्धय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले असहमति राखेका छन् ।
समुह लिडरहरुले राजनीतिक प्रस्ताव माथि आफ्नो राय राखि सके पछि नेतृत्व छनोट प्रकृया अगाडी वढ्न् छ । नेतृत्वका लागि सहमतिको अन्तिम प्रयास गरिने छ । सहमतिको प्रयास असफल भए चुनाव हुने प्रतिनिधीले जनाएका छन ।