जनकपुर बम काण्डका मुख्य योजनाकार सभासद सन्जय कुमार साह पक्राउ

वैशाख २१, धनुषा–जनकपुर बम काण्डका मुख्य योजनाकार मानिएका सभासद सन्जय कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल– भारत सिमा क्षेत्रबाट उनलाई गएराती प्रहरीको विशेष टोलिले पक्राउ गरेको हो । पर्साको विरगंज नजिकै छपकैयाबाट पक्राउ गरेको वाताइएको छ ।
बमकाण्डमा संलग्न भएको अभियोगमा अदालतबाट वारेन्ट जारी भएपछि प्रहरीले उनको खोजीजारी राखेको थियो । पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ । पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले आजै पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने भएको छ । दुईवर्ष अघि जनकपुरको रामानन्द चोकमा मिथिला राज्यको माग गर्दै भएको धर्नामा बसेका नागरिकलाई लक्षित गरि बम विस्फोट गराइएको थियो । सद्भावना पार्टीका उपाध्यक्ष समेत रहेका साह धनुषा क्षेत्र नं ४ बाट विजयी सभासद हुन् ।