पत्रकार महासंघमा आज नया नेतृत्व चुनिने

वैशाख २१, काठमाडौ–पत्रकारहरुको छाता संगठन पत्रकार महासंघको नेतृत्व चयनका लागि आज मतदान हुादैछ । अहिले मनोनयन दर्ता सकिएको छ । हिजोदेखि सुरु भएको २४ औं महाविधेशनको प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्नूभएको थियो । महासंघको नेतृत्वका लागि दुई प्यानलबीच प्रतिष्पर्धा हुादैछ । आ–आफ्नो पक्षमा निर्वाचनको वातावरण बनाउन दुवै पक्षका उम्मेदवार अहिले पनि सक्रिय छन् । नेपाल प्रेस युनियनले पोषण केसीको नेतृत्वमा एकल प्यानल प्रतिष्पर्धामा उतारेको छ । यसै गरि प्रेस चौतारि, क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ र प्रगतिशिल पत्रकार संघबीच भएको तालमेलको नेतृत्व डाक्टर महेन्द्र विष्टले गर्नुभएको छ । महासंघको चुनावमा दलका नेता हावी भएको ्भन्ने आरोप लागिरहेका बेला एकल प्यानलको नेतृत्व भएका केसीले पार्टीका संगठनको हिसावले गठबन्धन गरेको भए आफुहरुले पनि गर्न सक्ने स्पष्ट पार्दै स्वतन्त्र पत्रकारको संगठन बनाउनकै लागि आफ्नो नेतृत्वमा प्रतिष्पर्धामा उत्रिएको बताउनुभएको छ । यसै गरि चारवटा संस्थाको नेतृत्व गर्दै अध्यक्षमा उम्मेदवारी दिनुभएका विष्टले हिजो नेतृत्वमा पुगेकाले महासंघलाई राजनीतिक अखडा बनाउन नसकेकाले अव जानेले पनि त्यो गर्न नसक्ने बताउनुभयो ।