मधेसी मोर्चासँग आज औपचारिक वार्ता हुदै

कार्तिक २९, काठमाडौँ – उच्चस्तरीय राजनीतिक संयन्त्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आइतबार औपचारिक वार्ता हुँदै छ । शनिबारको छलफल सकारात्मक भएकाले आइतबार औपचारिक वार्ता हुन लागेको प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले जानकारी दिए ।

औपचारिक वार्ता गर्ने सहमति बने पनि मधेसमा कति प्रदेश बनाउने भन्नेबारेमा सहमति नभएको उनको भनाइ छ । मधेसी मोर्चासाग दिउासो ३ बजे वार्ता गर्ने तयारी छ ।
वार्तामा प्रमुख विपक्षी दल कांग्रेसका नेताहरू पनि सहभागी हुने भएका छन् । वार्तामा आफ्नो धारण प्रस्ट राख्न कांग्रेस पदाधिकारी बैठक आइतबार बिहान ९ बजे बस्दै छ ।