मधेसी मोर्चाका कार्यकर्ताद्धारा कपिलवस्तुको लवनी प्रहरी चौकीमा आगजनी

भदौ ३० , कपिलवस्तु – आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताहरुले हिजो साँझ लवनी प्रहरी चौकीमा आगजनी गरेका छन् । सयौको संख्यामा घरेलु हतियारसहित आएका मोर्चाका कार्यकर्ताहरुले लुम्बिनी तौलिहवा सडक खण्ड अन्तर्गत लवनी चौराहामा रहेको चौकीमा घुसेर तोडफोड गरी आगजनी गरेका हुन ।
आगजनीबाट चौकीको पक्की भवन, कागजात र साईकल नष्ट भएको स्थानीयबासीले जनाएका छन् । मोर्चाका नेता अब्दुल रसीद खाँले लवनी प्रहरी चौकीमा आगजनी भएको जानकारी दिनुभयो ।
प्रहरी उपरीक्षक बिक्रम गुरुङले मोर्चाका कार्यकर्ताहरुले आक्रमण गर्नु अघि नै त्यहाँ कार्यरत प्रहरीहरु सुरक्षित स्थानमा गएको दाबी गर्नुभयोे । प्रदेश सीमांकनको विरोधमा विगत ३४ दिनदेखि मोर्चा आन्दोलनमा उत्रिएको छ ।