डा. केसीको समर्थन जनाउँदै आवासीय चिकित्सकहरु आजदेखि आन्दोलनमा

भदौ १४,काठमाडौँ – चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा डा गोविन्द केसीले मागमा समर्थन जनाउँदै आज अरु चिकित्सक पनि आन्दोलनमा उत्रिएका छन् । आमरण अनशनमा बसेका केसीसँग सरकारले वार्ताको पहलसम्म नगरेको भन्दै आवासीय चिकित्सकहरूले आज काम ठप्प पार्ने भएका छन् ।

सरकारले डा. केसीको मागलाई बेवास्ता गरेको भन्दै आवासीय चिकित्सकहरूले आजदेखि आकस्मिक बाहेकका सेवामा काम नगर्ने निर्णय गरेका छन् । चिकित्सकहरुले सेवा ठप्प पर्दा सयौ बिरामी मर्कामा पर्नेछन् । डा केसीको स्वास्थ्य अवस्था भने विग्रीदै गएको छ ।

डा. केसीको हातगोडा बाउँडिने, पिसाब कम हुने, छाती दुख्ने, श्वासप्रश्वासमा समस्या देखिनुका साथै कतिपय अवस्थामा बरबराउने, झस्कने, टाउको दुख्यो भन्ने जस्ता समस्या देखिएको छ।