व्यवस्थापिका संसदको बैठक आज बस्दै

साउन २०, काठमाण्डौ-प्रतिपक्षको वहिस्कारका कारण लगातार २ दिन देखि अवरुद्ध बन्दै आएको व्यवस्थापिका संसदको बैठक आज पनिबस्दै छ । विनियोजन विधेका माथिको छलफलगर्ने काय तालीका रहेको बैठक दिउँसो तीन बजे बस्ने भएको हो ।
प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीले हिजो दोस्रो दिनपनि संसद बैठक बहिस्कार गरेको थियो । विनियोजन विधेयकमाथिको प्रस्ताव प्रस्तुत हुने बित्तिकै एमाओवादी सांसद प्रभु साहले भूकम्प प्रभावित क्षेत्रका जनतालाई राहत दिन बजेट केन्द्रित गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै आपत्ति प्रकट गरे ।
शान्ति सम्झौतासँग जोडिएका  कतिपय विषयमासमेत सरकार गम्भीर नभएको, भूकम्प तथा बाढी–पहिरोपीडितलाई राहत तथा पुनःस्थापना गर्नेतर्फ कुनै पनि पहल नगरेको, युवालाई रोजगारी दिनेतर्फ कुनै पहल नभएको र केही समय पहिले सदनको विशेष बैठकले पारित गरेको एजेन्डासमेत समावेश नगरिएको उनको भनाइ थियो ।