आजदेखि एसएलसी पुरक परीक्षा सुरु

साउन २०, काठमाण्डौ-आजदेखि एसएलसी पुरक परीक्षा सुरु भएको छ । २०७१ सालको एसएलसी परीक्षामा दुई विषयसम्म अनुतीर्ण भएका परीक्षार्थी सहभागी परीक्षामा आन अनिवार्य अंग्रेजी विषयको परीक्षा भैरहेको छ ।
पुरक परिक्षामा १ लाख २४ हजार २ सय ५१ जना सहभागी हुँदैछन् भने देशभर २ सय २७ वटा केन्द्र निर्धारण गरिएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म  हुने परीक्षा साउन २७ गते सकिने परीक्षा नियन्त्रण कार्यलय सानोठिमीले जनाएको छ ।