नक्कली खाता खोलेर विद्यालयको १९ लाख ठगी

साउन १७, काठमाडौँ – विद्यालयको नाममा नक्कली खाता खोलेर दुई व्यक्तिले १९ लाख ५० हजार रुपैयाँ ठगी गरेका छन् ।

कालिकोटका बर्मजंग बम र हंसराज भण्डारीले शिक्षा मन्त्रालयबाट विद्यालयको नाममा पठाइएको रकम नक्कली खाता खोलेर आफैंले लिएका हुन् । उनीहरुले आफूलाइ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र पिन्सिपल बनाएर एभरेष्ट बैंकमा खाता खोलेका थिए ।
उनीहरुले मन्त्रालयको चेक सोही खातामा जम्मा गरेर पैसा निकालेका हुन् ।अाजकाे नयाँ पत्रीकामा खबर छ ।