संविधानको मस्यौदा परिमार्जन गरी आज अन्तिम रुप दिईने

साउन १७, काठमाडौँ – सुझाव संकलनका आधारमा मस्यौदा परिमार्जन गरी आइतबार(आज) अन्तिम रुप दिने काम सकिने भएको छ ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गत गठिन पाँच सदस्यीय शीर्ष नेता सम्मिलित उच्चस्तरीय विशेष समिति र आठ सदस्यीय कार्यदलले छुट्टाछुट्टै गृहकार्य गरी मस्यौदा प्रतिवेदनलाई अन्तिम रुप दिन लागेका हुन् ।
विशेष समितिले १ सय ११ वटा विषयमा केन्द्रित भएर छलफल अगाडि बढाएको छ । सकेसम्म प्रदेशको सिमांकन र नामांकनको विषयमा पनि टुंगो लगाउने तयारी शीर्ष नेताहरुको छ ।
यस्तै कार्यदलले पनि शनिबारको बैठकबाट अधिकांस विषयमा टुंगो लगाएको विषय समेटेको प्रतिवेदन संवाद समितिमा पेश गरेको छ । टुंगो लाग्न बाँकी विषयमा आइतबार छलफल भइ टुंग्याउने प्रयास भइरहेको छ ।