अरनिको राजमार्ग खुलाउने कार्य पुन शुरु

साउन १७, काठमाडौँ – भूकम्प र त्यसपछिको अविरल बर्षाको कारण पहिरो खसेर अवरुद्ध नेपाल-चीन जोड्ने अरनिको राजमार्ग खुलाउने कार्य शनिबारदेखि पुनः शुरु भएको छ ।

भूकम्प पछि बाटो खुलाएर राहत सामाग्री लिएर चिनियाँ टोली नेपाल आएको भए पनि त्यसपछिको पहिरो र पुलको जिर्ण अवस्थाले त्यो सडक सुचारु हुन सकेको थिएन ।
चिनियाँ पक्षले आफ्नेा तर्फबाट पूर्ण सहयोग गरेर भए पनि बाटो खुलाईदिने बताए पछि सरकारले उक्त बाटो खुलाउने जिम्मेवारी नेपाली सेनालाई दिएको हो ।
सेनाको नेतृत्वमा बाटो खुलाउन दुवै पक्ष सहमत भएका हुन । सिन्धुपाल्चोक जिल्लाको तातोपानी-खाडीचौरको विभिन्न स्थानहरुमा भूकम्प र त्यसपछिका ठूला पहिरोले अवरुद्ध भएको करिव ३७ कि.मि. सडकखण्ड खुलाउने कार्यमा दुवै मुलुकका सुरक्षाकर्मी जुटेका हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।