राष्ट्रपति डा। रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालावीच शुक्रबार भेटवार्ता

साउन ८, काठमाडौँ –  राष्ट्रपति डा। रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालावीच आज भेटवार्ता भएको छ ।
विपक्षी दलका नेता प्रचण्डले राष्ट्रपतिलाई भेटेको भोलिपल्ट प्रधानमन्त्रीले बिहानै शीतलनिवास पुगेर राष्ट्रपतिसँग भेट गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । एमाओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपति यादवलाई भेटेका थिए । साथै प्रचण्डले संविधानको प्रक्रियामा असन्तुष्ट मधेसवादी दलका नेताहअरुसँग पनि छुट्टा छुट्टै भेट गरेका थिए ।
संविधानसभाले गरेको जनमत संकलनमा शासकीय स्वरुप फेर्नुपर्ने लगायतका मागहरु आएपछि त्यसबारे मिलनविन्दु खोज्ने प्रयास भइरहेका बेला राष्ट्रपतिसँगको भेटबार्ता बाक्लिएको छ ।
भेटमा एमाओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिलाई भारत भ्रमणका विाष्यमा समेत जानकारी गराएका थिए । प्रधानमन्त्री कोइरालाले पनि राष्ट्रपतिसँग राजनीतिक छलफल गर्न शीतलनिवास पुगेको स्रोतले बतायो ।