नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण विहानैदेखि राजधानी लगायतको जनजीवन प्रभावित

साउन ८, काठमाडौँ –  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण विहानैदेखि राजधानी लगायतको जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण प्रहरीले काठमाडौ उपत्यकामा सुरक्षा ब्यवस्था कडाई गरेको छ । प्रहरीले विहानैदेखि जर्बजस्ती यातायात बन्द गराउँदै हिड्ने विप्लव माओवादीका नेता कार्यकर्ताहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको छ ।
बन्दकर्ताहरुले विहान महाराजगञ्ज चोकमा डिलक्स बस तोडफोड गरिदिएका छन् चितवनमा दुईवटा ट्रकमा आगजनी गरिएको छ । बन्दका क्रममा वहानै बाँकेमा २ वटा गाडीमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै नेपालगञ्जमा भारतीय नम्बर प्लेटको स्कुल भ्यान जलाइदिएका हुन् । भारतको रुपैडिहाबाट विद्यार्थी लिन नेपालगञ्ज आउँदै गरेको भ्यानमा आगजनी भएको हो । यस्तै खासकुस्मा ४ सौरीखोलाको जंगलमा पनि एक ट्रक माथि आगजानी भएको छ ।
अहिलेसम्म बन्द गराउँदै हिँडेका ५० जना भन्दा धेरैलाई प्रहरीले प्रक्राउ गरेको छ । काठमाडौंमा ११ जना, बागलुङमा १० जना, हेटौँडामा १० जना, दोलखामा ६ जना र बुटवलमा ४ जना माओबादी कार्यकर्ता पक्राउ परेका छन् । संविधानको मस्यौदा तथा भारत र चीनबीच भएको लिपुलेक सम्झौताको विरोधमा नेपाल बन्दको आह्वान गरिएको नेकपा माओवादीले जनाएको छ ।
यसैविच बन्दका कारण सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायलका प्रमुख ब्यापारी केन्द्र पिपल्ला, राजपुर पूर्ण रुपमा सुनसान भएको छ । सडकमा बन्द गर्ने माओवादीका नेता कार्यकर्ता कोही नभएपनि यातायात, बजार, कलकारखाना, उद्योगधन्दा पूर्णरुपमा बन्द भएका छन् भने फाट्टफुट्ट मोटरसाइकल चलेका छन् ।
त्यस्तै बन्दका कारण अर्घाखाँचीको जनजीवन पनि प्रभावित भएको छ । बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले अर्घाखाँचीमा ६ मोटरसाइकल नियन्त्रणमा लिएका छन । बन्दकर्ताले सन्धीखर्कमा ३ र ठाडामा ३ वटा मोटरसाइकल नियन्त्रणमा लिएका हुन । स्कूल, कलकारखाना पसल समेत बन्द भएका छन् । चोक–चोकमा बसेर बन्दकर्ताहरुले बन्द गराइरहेका छन ।
माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण ओखलढुंगाको जनजिवन प्रभावित भएको छ । सदरमुकाका बजार तथा पसलहरु खुलेपनि सडकहरु प्राय सुनसान जस्तै छन् । माओवादीले साँझ ५ बजेपछि बन्द खुल्ने बताएको छ ।
मस्यौदा माथिको सुझाब संकलन भए पछि सुझाब एकृकीत
संविधानको मस्यौदा माथिको सुझाब संकलन भए पछि सुझाब एकृकीत गर्ने काम जारी रहेको छ । संविधानको नागरीक सम्बन्ध तथा सविधान सुझाब समितीले २ सय ४० निर्वाचन क्षेत्रबाट संकलीत नागरीक सुझाबलाई एकृकीत गरी प्रतिवेदन तयार पार्दै छ । आफ्नो जिल्ला गएका सभासदले संकलीत सुझाब बुझाउँन ढिलाई गर्दा प्रतिवेदन निमार्णमा ढिलाई समेत भएको छ ।
अहिले सम्म १९ जिल्लाका सभासदले मात्र संकलीत सुझाब बुझाएका छन् । संकलीत सुझाब बुझाउँन संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङले ९ गते सम्मको समय दिए पनि सुझाब एकिकरण गर्न अझै साउन १२ सम्मको समय लाग्ने समितीले जनाएको छ ।
यता संविधानको मस्यौदामा जनताले धेरै विषमाय राय सुझाब राखे पछि दलहरुमा मस्यौदा परिवर्तन गर्न दबाब बढेको छ । प्रत्यक्ष निर्वाचीत कार्यकारी प्रमुख, सिमाङकन सहितको थोरै प्रदेश निमार्ण, धार्मिक स्वतन्त्रता लगायतमा परिवर्तण गर्न दलहरुमा दबाब बढेको हो । यता पहिलो र दोस्रो संविधानसभाबाट सर्वसम्मत अनुमोदित दलित हकसम्बन्धी विषयहरू संविधान मस्यौदामा नपरेको भन्दै मुख्य राजनीतिक दलसम्बद्ध दलित नेताहरूले रोष प्रकट गरेका छन् ।
कांग्रेस, एमाले र एमाओवादीका केन्द्रीय दलित नेताहरू एकैठाउँ भेला भई ती विषयहरू आगामी संविधानमा जस्ताको तस्तै पार्न दबाब दिन संघर्ष छेडने घोषणासमेत गरेका छन् ।