नेपाली सांगितीक क्षेत्रका प्रतिभावान गायक महेशको ‘प्रमिस’ तपाईको माझ

 

काठमाण्डौ – लामो समय देखि नेपाली संगित क्षेत्रमा संर्घषरत गायक महेश सुनुवारको अर्को नयाँ एल्बम ‘प्रमिस’बजारमा उपलब्ध छ । दजनौं गितमा आफ्नो आवाज दिँदै आएका महेशको उक्त एलबममा रहेको ‘सनिले छोड्छ बरु राहुले छोडछ तिमीले दिएको यो यादले नछोड्ने भो’ भन्ने बोलको गित निक्कै चर्चामा रहेको छ ।

डा. कृष्णहरि बरालको शब्द र बरिष्ठ संगितकार राजु सिंहको संगितमा रहेको उक्त गितको म्युजिक भिडियो समेत बनि सकेको छ ।

पछिलो समय सांगितिक क्षेत्रमा चर्चा बटुल्दै गरेको उक्त गितको म्युजिक भिडियो द रिबेल क्रियशनले बजारमा ल्याएको हो । भिडियोमा रबिन, सम्झना र रोशनको अभिनय रहेको छ । युट्युबमा रिलिज गरेको उक्त गीतको म्युजिक भिडियो चर्चित म्युजिक भिडियो निर्देशक विभोर पोख्रेलले गरेका हुन् ।
गायक सुनुवारको यस अघिका ‘त्यो पारि गाउँको’, ‘केही दिन म टाढा हुदै छु’, ‘माथि माथि लेकमा’ आदि गीतहरु दर्शक तथा स्रोता माझ खुबै चर्चामा रहेका छन् ।

गायक सुनुवारले आगामि दिनमा अझै राम्रो सृजना दर्शक तथा श्रोता माझ ल्याउने र सांगीतीक क्षेत्रलाई निरन्तरता दिँदै जाने प्रतिवद्धता व्यक्त गरेका छन् ।

भिडियो  हेर्नुस  UkIHzkewxS8