जिपले ठक्कर दिँदा एक जनाको मृत्यु

असार २६, नवलपरासी—नवलपरासीको ज्यामिरेमा आज बिहान भारतीय नम्बरको जिपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कञ्चनपुर कालिका–१ का २४ वर्षीय जीवन बमजन रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको युपी ४० टी ४५८३ नम्बरको भारतीय जिपले ठक्कर दिँदा गम्भीर घाइते भएका बमजनको उपचारको क्रममा बुटवलमा मृत्यु भएको हो ।
बमजन ना४ख ३६९६ नम्बरको बसको सहचालक हुन् । प्रहरीका अनुसार बिहान पिसाब फेर्नका लागि बस रोकिएको समयमा जिपले उनलाई ठक्कर दिएको थियो ।