डीभी, पीआर र ग्रिनकाडलिने कर्मचारीलाई कारवाही गर्न अन्तिम तयारी

lalbabuवैशाख १२,काठमाडौ–सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विभिन्न तहका झण्डै तीन सय सरकारी कर्मचारीहरुले डीभी, पीआर र ग्रिनकार्ड लिएको प्रमाणित भईसकेको खुलासा गर्नुभएको छ ।
रिपोर्टर्स क्लबको साक्षात्कारमा उहाले  डीभी, पीआर र ग्रिनकार्ड लिने सवै निजामती लगायत अन्य उच्च पदस्थ कर्मचारीहरुलाई कारवाही गर्न अन्तिम तयारी भैरहेको जानकारी समेत दिनुभएको छ ।
मन्त्री पण्डितले राष्ट्र सेवा गर्छु भनि कसम खाने कर्मचारीहरुले डीभी, पीआर र ग्रिनकार्ड लिएपछि राष्ट्रसेवामा नलागेको भन्दै त्यस्ता सवै कर्मचारीहरुलाई कारवाही गरी राष्ट्रसेवा प्रति पूर्ण बफादार बनाउन आफू लागि परेको बताउनु भयो ।