ओबामा आज दक्षिण कोरिया

barak obamaवैशाख १२, एजेन्सी–एसिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति बाराक ओबामा आज दक्षिण कोरिया पुगेका छन् । हिजो जापानी प्रधान्मन्त्री साग भेटबार्ता गरेका उनले आज   दक्षिण कोरियाका राष्ट्रपति पार्क गेयुन हेईसाग भेटवार्ता गरेका छन्।
दुई नेताबीचको भेटमा उत्तर कोरियाले गर्न लागेको मिसाइल परीक्षणलगायत राजनीतिक, आर्थीक र व्यापारिक विषयमा छलफल भएको छ । ओबामाले दक्षिण कोरियामा हालै भएको पानीजहाज दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना पनि प्रकट गरेका छन् ।
हिजो जापानी प्रधानमन्त्री अवेसागको भेटमा ओवामाले पूर्वी चिनियाा सामुऽिक टापुका सम्बन्धमा जापानलाई अमेरिकी समर्थन रहने बताएका थिए । जापान र चीनबीच सामुन्द्रिक टापुलाई लिएर बर्षौ देखि विवाद हुदै आएको छ ।
जापानी प्रधानमन्त्री शिन्जो आबेसाग टोकियोमा भएको भेटवार्तापछि ओबामाले टापु विवादका विषयमा कुनै पनि उत्तेजनापूर्ण व्यवहार नगर्न चेतावनी दिंदै समस्या वार्ताबाट समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।
ओबामा दक्षिण कोरियापछि मलेलिया र फिलिपिन्सको भ्रमणगर्ने छन् ।