भारतको बिहारमा नक्सलवादीद्धारा ३२ वटा ट्रकमा आगजनी

जेठ १२,काठमाडौं – भारतको बिहारमा नक्सलवादीले ३२ वटा ट्रकमा आगजनी गरेका छन् । बिहारको गया जिल्लास्थित राजमार्गमा रोकिराखेको ट्रकमा आगजनी गरेपनि कुनै मानविय क्षति भने नभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केही दिनअघि प्रहरीसँगको मूठभेडमा एक महिला नक्सलवादी मारिएपछि ट्रकमा आगजनी गरिएको आशंका भारतीय अधिकारीहरुको छ ।
उर्मिला नामका ती महिलाका लागि १५ लाख भारतीय रुपैयाँ पुरस्कार घोषणा गरिएको थियो । उनी मारिएको विरोधमा भारतीय माओवादीले २५ र २६ मे दुई दिनका लागि बिहार बन्दको आह्वान गरेको थियो । जसको प्रभाव बिहारभर परेको छ ।