न्युजिल्याण्ड पहिलो टेष्टमा ईंग्ल्याण्डसँग १ सय २४ रनले पराजित

जेठ १२,काठमाडौं – इंग्ल्याण्ड भ्रमणमा रहेको न्युजिल्याण्ड पहिलो टेष्टमा ईंग्ल्याण्डसँग १ सय २४ रनले पराजित भएको छ । गए राती सम्पन्न खेलमा ईंग्ल्याण्डले न्युजिल्याण्डलाई १ सय २४ रनले पराजित गर्दै २ खेलको श्रृँखलामा १–० अग्रता लिएको हो ।

ईंग्ल्याण्डको घरेलुमैदान लर्डसमा भएको खेलमा ईंग्ल्याण्डले दिएको ३ सय ४५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड पाँचौ दिन २ सय २० रनमै अल आउट भयो ।
न्युजिल्याण्डले भने पहिलो इनिङमा केन विलिमसनको १ सय ३२ रनको मद्दतमा ५ सय २३ रनको योगफल तयार पारेको थियो । खेलमा अलराउण्ड प्रदर्शन गरेका इग्ल्याण्डका वेन स्टोक म्यान अफ द म्याच घोषित भए । अब यी २ बीचको दोश्रो तथा अन्तिम टेष्ट १५ गतेदेखि सुरु हुनेछ ।