आन्दमान समुन्द्रमा फसेका १० आप्रवासीको खाना र पानीको अभावमा ज्यान गयो

जेठ १,काठमाडौं – आन्दमान समुन्द्रमा फसेका म्यानमारका १० आप्रवासीको खाना र पानीको अभावमा ज्यान गएको छ । समु्न्द्रको किनारामा एक हप्तादेखि डुङ्गामा बसिरहेका १० जनाको ज्यान गएपछि अरुले पिसाव संकलन गरेर खान थालेका बिबिसीले जनाएको छ ।

३ सय ५० जना रोहिंग्या मुसलमान रहेका डुङ्गालाई थाईल्याण्डले प्रवेश निषेध गरेपछि उनीहरु समुन्द्रमा फसेका हुन् । ईन्डोनेसिया, मलेसिया र थाईल्याण्डले आप्रवासी चढेको डुङ्गा फर्काइदिएको छ ।