ईन्डीयन प्रिमीएर लिग आईपिएल क्रिकेट अन्र्तगत आज एउटा खेल हुँदै

जेठ १,काठमाडौं – ईन्डीयन प्रिमीएर लिग आईपिएल क्रिकेट अन्र्तगत आज एउटा खेल हुँदै छ । खेल बेलुकी सबा ८ मा सनराईजर हैदराबाद र रोएल चयाईलेन्स बेंगलोर बिच हुने भएको हो ।

यता मुम्बइ इण्डियन्सले जारी आइपिएल क्रिकेट प्रतियोगिताको प्ले अफ खेल्ने संभावनालाई जिवितै राखेको छ । प्रतियोगिता अन्तर्गत बिहीबार राती भएकोखेलमा कोलकतालाई पराजित गर्दै मुम्बईले प्ले अफ खेल्ने संभावना कायम राखेको हो । मुम्बईले रोमाञ्चक खेलमा ५ रनको जीत हात पार्यो । घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारीत २० ओभरमा ४ विकेट गुमाउदै १ सय ७१ रनको योगफल तयार पारेको थियो । जवाफमा १ सय ७२ रनको लक्ष्य पछ्याएको कोलकताले निर्धारीत २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६६ रन मात्र बनाउन सक्यो ।
खेलको म्यान अफ द म्याच मुम्बईका हार्दिक पाण्डे घोषित भए । जित सँगै १३ खेलमा १४ अंक जोडेको राजस्थान चौथो स्थानमा उक्लिएको छ । हारका बाबजुत १३ खेलमा १५ अंक जोडेको कोलकता दोश्रो स्थानमा यथावत रहेको छ ।